काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूलाई राजनीतिक प्रतिशोध साँधेर फसाइएको बताएका छन्।

बुधबार तीनकुनेको एक होटेलमा पत्रकार सम्मेलन गर्दै नेता गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका हुन् । तत्कालीन सरकारले राजनीतिक प्रतिशोधका आधारमा फसाउने दूषित उद्धेश्यले मुद्दा चलाएको उनको भनाई छ । 

‘ममाथि लगाइएका आरोपका साथ संलग्न प्रमाण कागजातहरु अध्ययन गरिएमा मेरोविरुद्ध लगाइएका आरोपहरु झूटा हुन् भन्ने प्रमाणित हुन्छ । यद्यपि ममाथि छानबिन र अध्ययनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र छ  ।’ उनले भने,  ‘तर, सरकारको राजनीतिक दबाब र प्रतिसोधमा परेर संवैधानिक आयोगले मुद्दा चलाउन सक्छ भन्ने जगजायर भएको छ ।’