जुम्ला - जुम्लामा जबरजस्ती करणी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको पातारासी गाउँपालिका-५ का वडाध्यक्ष दत्तबहादुर बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसारएक महिलाले वडाध्यक्ष बुढाविरुद्ध पटक–पटक धम्क्याउँदै जबरजस्ती करणी गरेको आरोपसहित मंगलबार राति उजुरी दर्ता गराएकी थिइन् ।

पीडित महिलाको जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउन बुधबार उनलाई नियन्त्रणमा लिइएको हो। 

प्रहरीका अनुसार घटनासम्बन्धी तथ्य, प्रमाण र पीडितको बयानका आधारमा थप अनुसन्धान भइरहेको छ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट पनि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।