सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा ऐन संशोधन विधेयक पारित
खबर एक्सप्रेस
२०८१-०५-०४ ०३:२३ मा प्रकाशित
Total Shares: 148
काठमाडौं,धनगढी-सुदूरपश्चिम प्रदेशसभाले निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक पारित गरेको छ।
आज बसेको प्रदेशसभा बैठकले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए।
नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशीताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरेका थिए।
उनीहरुले विधेयक राना थारु समुदायको मर्म र भावना विपरीत आएको भन्दै आपत्ति जनाएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस