क्रोएसिया नक आउट चरणमा जाने सम्भावना सकिँदै
खबर एक्सप्रेस
२०७८-०३-०५ ०८:४१ मा प्रकाशित
Total Shares: 298
काठमाडौै, एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले बराबरी खेल्दै अंक बाडेको छ ।
हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए ।
यस बराबरीसँगै समूह ‘डी’ मा रहेको क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ । क्रोएसिया तालिकाको तेस्रो स्थानमा रहेको छ ।
चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस