ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ
खबर एक्सप्रेस
२०८१-०८-०६ ०१:५२ मा प्रकाशित
Total Shares: 90
काठमाडौं- ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् ।
ग्रेटर नेपाल अभियान चलाइरहेका नेपाललाई काठमाडौं प्रहरी परिसरको टोलीले शान्तिनगरबाट पक्राउ गरेको हो ।
शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो ।
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालोझण्डा देखाउने आशंकामा नेपाललाई पक्राउ गरिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस