‘नेतृत्व आउने/जाने भइरहन्छ, तर यो उर्जा रहिरहोस्’
काठमाडौं - नेपाल विद्युत प्राधिकरणबाट कार्यकाल सकिएका प्रबन्ध निर्देशक कुलमान घिसिङ बिदा भएका छन् ।
मंगलबार प्राधिकरणमा आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नेतृत्वमा कोही आउनु/जानु समान्य प्रक्रिया भएको बताएका छन् । ‘नेतृत्व आउनेजाने भइरहन्छ। हाम्रो अहिलेको जुन उर्जा छ । यो उर्जा जुनसुकै नेतृत्व आए पनि रहिरहोस् ।’ उनले भने ।
घिसिङले आफूले सुरुबाटै प्राधिकरणको हितको पक्षमा अडान लिँदै आएको बताए। ‘कुलमानले कसैले भनेकै मान्दैन, आफैं खुसी गर्छ भन्ने आरोप पनि लाग्यो। हो, मैले प्राधिकरणको हितका लागि केही कुरामा अडान लिएकै हुँ । ट्रेड युनियनका साथीहरुले राम्रा कुरा गर्दा मानेकै छु’ उनले भने । घिसिङले आफूलाई साथ दिने सम्पूर्ण नेपाली जनतालाई धन्यवादसमेत दिएका छन्।
२०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो ।
कार्यकालमा निकै प्रशंसा कमाएका घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको छ । तर सरकारले पुनर्नियुक्ति विषयमा कुनै निर्णय गरेको छैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घिसिङलाई नै लैजानुपर्ने पक्षमा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने दोहोर्याउने मनस्थितिमा नभएको स्रोतको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस