पाँचथरमा धारिलो हतियार प्रहार गरि एक बृद्धाको हत्या
काठमाडौं,पाँचथर - पाँचथर, फिदिम नगरपालिका ४ जोरसाल बजार नजिकै बाचकर्ने भन्ने ठाँउ (कोलेधारा) मा ७९ वर्षिय टेकबहादुर इवा लिम्बुको गएराति घरमै हत्या भएको छ । हत्या कसले गर्यो खूल्न सकेको छैन । घटनाहुनासाथ नेपाल प्रहरी पाँचथरका डिएसपी दानबहादुर थापाको कमाण्डमा टोलि घटनास्थल पुगि घरलाइ प्रहरीले शिल गरेर अनुसन्धान थालेको छ । घटनाबारे जानकारी दिंदै डिएपी थापले भने, ‘हामीले तिब्ररुपमा अनुसन्धान जारीराखेका छौं ।’ उक्त घरमा बृद्धा पति उनकी पत्नी बस्दै आए थिए ।
प्रहरीका अनुसार हत्या गरिएका टेकबहादुरको सुतिको अवस्थामा शरीर भरी धारीलो हतियार प्रहार भएको देखिन्छ । मृतक टेकबहादुर ईवा लिम्बु, सेवा निबृत भारतिय सैनिक हुन । बृद्धा सासु–ससुरा भेटन जाँदा मृतकी बुहारीले मृतअवस्थामा देखे पछि घटना सार्वजनिक भएको हो ।
फेसबुक पेज Like गर्नुहोस