काठमाडौं - सरकारले स‌ंघीय संसद्काे चालु १०औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

मंगलबार बसेको बैठकले म‌ंगलबार मध्यराति १२ बजेदेखि संसदकाे चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

सरकारकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य गर्ने स‌ंवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमाेदन गरेको थियो ।