काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १ हजार ४६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा १३० र भक्तपुरमा ९९ जनामा संक्रमण पुष्‍टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल २९४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।