ललितपुरमा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ
खबर एक्सप्रेस
२०७७-०५-१८ ०८:५७ मा प्रकाशित
Total Shares: 526
काठमाडौं - ललितपुरमा खटिएका ट्राफिक प्रहरी कमल घिमिरेमाथि हातपात गर्ने ९ जना पक्राउ परेका छन्। ट्राफिक प्रहरी घिमिरेमाथि हातपात गर्ने ९ जनालाई पक्राउ गरिएको ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिएका हुन्।
रातो मच्छिन्द्रनाथको जात्राका क्रममा प्रहरीसँग झडप भएपछि उनीहरूले प्रहरीमाथि नै आक्रमण गरेका थिए। घाइते घिमिरेको अवस्था स्थिर रहेको ट्राफिक महाशाखाका एसएसपी भिम ढकालले बताए।
पक्राउ पर्नेमा ललितपुर मनपा वडा १६ गावाहाल, वर्ष ४०का महेश बज्राचार्यलगायत छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस