रामचन्द्र पौडेलले सभापति देउवालाई दिए बधाई
खबर एक्सप्रेस
२०७८-०८-२९ ११:५५ मा प्रकाशित
Total Shares: 236
काठमाडौं - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन्। पार्टीको १४औँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता पौडेलले बधाई दिएका हुन्।
नेता पौडेलले एक शुभकामना सन्देश जारी गर्दै सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुर्याउन अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सभापति देउवासमक्ष आग्रह गरेका छन्।
फेसबुक पेज Like गर्नुहोस