'लकडाउन'को बेला घरमै व्यायाम गर्नुस् : डब्ल्यूएचओ
काठमाडौं - लकडाउनको बेला शरिरलाई फुर्तिलो बनाइराख्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ । घरभित्रै गर्न सकिने सानातिना कसरत गर्न आग्रह गरेको हो ।
अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउन आग्रह गरेको छ ।
सम्भव भएमा साथीहरु अनलाइनमा जोडिएर व्यायाम गर्न र नसकिएमा पनि दैनिक एउटा निश्चित समय व्यायामका लागि छुट्याएर पालना गर्न भनिएको छ ।
यो समयमा घरमा भएका परिवारको साथ सक्रिय हुन र साथीहरुसँग सञ्चारका माध्ययमबाट सम्पर्कमा रहिरहन आग्रह गर्दै विश्व स्वास्थ्य सङ्गठनले यो समय परिवारसँगै बगैँचामा हिँड्ने, साइकल चलाउने, आराम गर्ने, मिलेर खाना बनाउने गरेमा शारीरिक र मानसिक दुवै स्वास्थ्य ठिक रहने डब्ल्यूएचओले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस