काठमाडौं उपत्यकामा १५ संक्रमित भेटिए
काठमाडौं - उपत्यकामा थप १५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका तीन जिल्लामा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ललितपुरमा भने संक्रमित भेटिएको छैन । मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १० जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन् । यससँगै हालसम्म १४ हजार २१ जना निको भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस