काठमाडौं - केही दिनयता कोरोना परीक्षण दर घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्याकं विश्लेषण गर्दा दैनिक सरदर १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण हुँदै आएको छ ।

गत आइतबारदेखि हिजो शनिबारसम्म कुल १ लाख १ हजार २ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । यसरी हेर्दा दैनिक १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको देखिन्छ ।

यसअघि, २२ हजार जनासम्मको कोरोना परीक्षण हुने गरेको थियो । देशभरका ९० बढी अस्पताल तथा प्रयोगशालाबाट परीक्षण गरिँदै आए पनि परीक्षण दर केही दिनयता न्यून देखिएको छ । नमुना संकलन नै कम भएकाले परीक्षणमा कमी आएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । जनस्वास्थ्य विज्ञले समुदायस्तरमा निकै न्यून मात्रामा परीक्षण हुने गरेको बताएका छन् । परीक्षण दर कम हुँदा संक्रमित संख्यासमेत घटेको छ ।

 राजधानी दैनिकबाट