अमेरिकामा कोरोनाबाट ८० हजारको मृत्यु, साढे १३ लाख संक्रमित
खबर एक्सप्रेस
२०७७-०१-२८ ०८:२७ मा प्रकाशित
Total Shares: 238
एजेन्सी - अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दुई दिनदेखि कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटेको हो । जसअनुसार शनिबार एक हजार ४ सय २२ जनाको मृत्यु भएको छ । २५ हजार नयाँ संक्रमित थपिएका छन् । यो संक्रमितको संख्या झण्डै एक महिनापछि सबैभन्दा कम हो ।
अमेरिकामा कोरोनाबाट अहिलेसम्म ८० हजार ३७ जनाको मृत्यु भएको छ भने १३ लाख ४७ हजार संक्रमित छन् । २ लाख ३८ हजार संक्रमित निको भैसकेका छन् । अमेरिका कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा धेरै प्रभावित देश हो ।
फेसबुक पेज Like गर्नुहोस