नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
खबर एक्सप्रेस
२०८१-०४-२३ ०३:११ मा प्रकाशित
Total Shares: 137
नुवाकोट - नुवाकोटको सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ।
रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर शिवपुरी ७ सूर्यचौर क्षेत्रमा दुर्घटनामा परेको हो।
हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन।

.gif)



फेसबुक पेज Like गर्नुहोस