आज पनि घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-१०-१५ १२:४५ मा प्रकाशित
Total Shares: 310
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा १ सयले घटेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस