चितवनमा हेटौंडाकी कोरोना संक्रमित वृद्धाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-१२ ११:०५ मा प्रकाशित
Total Shares: 481
काठमाडौं - चितवनमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ की ७७ वर्षिया वृद्धाको मृत्यु भएको हो।
चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी ती वृद्धाको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी ती वृद्धामा बिहिबार साँझ मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस