काठमाडौं - आज बिहिबार नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोलामा १ सय रुपैयाँले घटेर ९२ हजार ७ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । बिहिबार चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।