काठमाडौं - कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १४ गतेबाट ७७ वटै जिल्लाका २०१ खोपकेन्द्रबाट सुरु भएको ‘कोभिशिल्ड’ खोप अभियान आज सम्पन्न हुने भएको हो । पहिलो चरणको खोप अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई प्राथकिमतामा राखिएको थियो । शुक्रबारसम्मको तथ्यांकअनुसार एक लाख ७१ हजार ४८६ जनाले कोरोनाविरुद्धको खोप लिएका छन् ।

अब पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको खोप प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी भएको बताइएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा उक्त खोप उपलब्ध गराएपछि खोप अभियान सुिरु भएको थियो ।