राप्रपा संसदीय दलको उपनेतामा तामाङ चयन
खबर एक्सप्रेस
२०७९-१२-०४ ०४:४७ मा प्रकाशित
Total Shares: 40
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।
आज बसेको दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् ।
यस्तै राप्रपाले संसदीय दलको विधान पूरा गरेको उनले बताए ।
फेसबुक पेज Like गर्नुहोस