रास्वपाको दुई दिने सांसद प्रशिक्षण आजदेखि सुरु, अर्थमन्त्री वाग्लेले गरे उद्घाटन
ललितपुर - सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु भएको छ ।
पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा सक्षम सांसद, सशक्त संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम राखेको हो।
ललितपुरको जावलाखेलमा आज दिउँसो ११ः४५ देखि सुरु भएको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्लेले उद्घाटन गरेका हुन्।
वैशाख २६ र २७ गते सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम तयअनुसार कार्यक्रम सञ्चालन भइरहेको छ ।
महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी रहेका छन् ।
संसद्मा १८२ सीट रहेको रास्वपाले यसअघि पनि सांसदहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम राखेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस