काठमाडौं - विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्न नेपालले सुरुवाती-११ खेलाडीको घोषणा गरेको छ । 

टोलीमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ४ खेलाडी परिवर्तन गरेका छन् । अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन् भने विशाल राई र एरिक विष्ट मिडफिल्डमा आउँदा डिफेन्समा गौतम श्रेष्ठ र आक्रमणमा नवयुग श्रेष्ठ सुरुवाती टोलीमा परेका छन् । 

यस्तो छ टोली

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर- रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल

मिडफिल्डर- पुजन उपरकोटी, एरिक विष्ट, विशाल राई

फरवार्ड- नवयुग श्रेष्ठ , सुमन लामा, सुनिल बल

खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ । नेपाल आजको खेलमा एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई रोक्ने प्रयासमा छ भने अष्ट्रेलिया सहज जितको खोजीमा छ । नेपाल विश्वकप छनोटमा अघि बढ्ने सम्भावना सकिएपनि एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने प्रयासमा छ । यस्तै, पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।