आज सर्वाेच्चको फुलकोर्ट बस्दै
खबर एक्सप्रेस
२०७८-०८-०९ १०:२८ मा प्रकाशित
Total Shares: 232
काठमाडौं - सर्वाेच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्ट आज बस्दैछ ।
गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न फुलकोर्ट बैठक बस्न लागेको हो । यसअघिको पूर्ण बैठकले गोलाप्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा संशोधन गरेर गोलाप्रथाको कार्यविधि पारित गरेको थियो । उक्त नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।
अब गोला प्रणाली लागू हुने मिति आजको पूर्ण बैठकले तय गर्नेछ । आजको बैठक पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिना नै बस्न लागेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिदामा रहेकाले बाँकी १८ न्यायाधीशको बैठक बस्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस