एजेन्सी - ब्राजिल कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोनाको मृत्युदर अमेरिकाको भन्दा धेरै रहेको छ । बितेको २४ घण्टामा ब्राजिलमा ७ सय ५७ जनाको मृत्यु भएको छ भने अमेरिकामा मात्र ५ सय ५ । दक्षिण अमेरिका कोरोनाको नयाँ इपिसेन्टर बनेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।

ब्राजिलमा कोरोनाबाट हालसम्म २३ हजार ४ सय ७३ जनाको मृत्यु भएको छ भने ३ लाख ७४ हजार संक्रमित छन् । जसमा ११ हजार बितेको २४ घण्टामा थपिए । १ लाख ५३ हजार उपचारपछि निको भएका छन् ।

ब्राजिल विश्वमा कोरोनाबाट अमेरिका भन्दापछि र दक्षिण अमेरिकामा सबैभन्दा प्रभावित देश हो ।