काठमाडौं - भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ ।

पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि, बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो ।

त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।