लेस्टरको पूनरागमन जित
खबर एक्सप्रेस
२०७८-०१-१४ ०८:५१ मा प्रकाशित
Total Shares: 831
काठमाडौं - इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले पूनरागमन जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले क्रिस्टल प्यालेसमाथि २-१ को जित हात पारेको हो ।
खेलको १२ औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, उक्त अग्रता कायम रहन सकेन । ५०औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै लेस्टरलाई खेलमा फर्काए । ८०औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेस्टरलाई २–१ को जित दिलाए ।
जितसँगै तेस्रो स्थानमा रहेको लेष्टरले ३३ खेलमा ६२ अंक जोडेको छ । पराजित क्रिस्टल भने ३८ अंकसहित १३औं स्थानमा छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस