उच्चस्तरीय राजनीतिक संयन्त्रद्वारा राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल
खबर एक्सप्रेस
२०७८-०९-२२ १२:१८ मा प्रकाशित
Total Shares: 205
काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले सहमति अनुरुप नै अगाडि बढ्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
साथै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल भएको उनले बताए ।
फेसबुक पेज Like गर्नुहोस