धनगढीमाई नगरपालिकामा मन्जु खाँणको खुलेआम दादागिरीः बुथ असुरक्षित हुनसक्ने खतरा
काठमाडौं - धनगढीमाई नगरपालिकामा मन्जु खाँणको दादागिरीको कारण बुथ असुरक्षित हुनसक्ने खतरा बढेको छ ।
स्वतन्त्र ,निश्पक्ष , र भयरहित ढंगले निर्वाचन हुने भनिए पनि नेपाली कांग्रेसका नेता एवंम गृहमन्त्रीकी पत्नी मन्जु खाँणले खुलेआम बुथ क्याप्चरको योजना बनाएको स्थानीयहरुको आरोप छ । उक्त योजनामा साथ नदिने एसपीलाई केहि समय अघि नै गृहमन्त्रीले कारबाही गरेका छन् ।
सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा एमाले उम्मेदवार शिवशंकर साहको जित करिब सुनिश्चित रहेको देखेपछि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र साह चुनाव हार्ने निश्चित देखेपछि साह र मन्जु खाँणले प्रशासनलाई प्रयोग गरि रहेको खबर प्राप्त भएको छ भने सिराहाका प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाजले भने सबै बुथ सुरक्षित बनाउने दाबी गरे ।
काङ्ग्रेस नेताहरू भने जिल्लाका स्थानीय प्रशासन समेतको प्रयोग गरि कांग्रेसका उम्मेदवार रामचन्द्र साह लाई जसरी पनि जिताउने गरि लागी परेको स्रोतको भनाइ छ । मन्जु खाँण सहितका केहि काङ्ग्रेस नेताहरुले धनगढीमाई नगरपालिकाको वडा न ४,५,६ र ७ स्थित बुथ क्याप्चर गर्ने योजना रहेकाले स्थानीय जनता त्रसित अवस्थामा रहेका स्रोतको भनाइ छ । यस विषयमा निर्वाचन आयोग र प्रहरी प्रशासन सबैको ध्यान जान जरुरी छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस