पोखरामा थप १६ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०५-१९ ०९:२६ मा प्रकाशित
Total Shares: 242
कास्की - पोखरा महानगरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा आज बिहानै १६ जनालाई कोरोना भाइरस संक्रमण भएको हो ।
संक्रमितमध्ये महानगरको वडा नम्बर ५ का १ जना पुरुष, ७ नम्बर वडाका १ जना महिला, वडा नम्बर १० का ३ जना पुरुष, वडा नम्बर १४ का १ जना पुरुष रहेका छन् ।
त्यस्तै वडा नम्बर १५ का ७ जना संक्रमित भएका छन् । संक्रमित सबै नेपाल प्रहरी रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै वडा नम्बर २७ का २ तथा ३० का १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
फेसबुक पेज Like गर्नुहोस