रुकुमपश्चिममा पहिरोले पुरिएर आमाछोराको मृत्यु
खबर एक्सप्रेस
२०७७-०३-२६ ११:२४ मा प्रकाशित
Total Shares: 558
काठमाडौं - रुकुमपश्चिम आठबिसकोट नगरपालिकामा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ। पहिरोका परी एकजना घाइते भएका छन् ।
शुक्रबार बिहान आएको पहिरोले आठबिसकोट–३ स्थित रेजेखोलाका तुलबहादुर दमाईको घर पुरेको हो। घरमा पुरिँदा तुलबहादुरकी श्रीमती २८ वर्षीया सीता र ६ वर्षीय छोरा हाविलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
पहिरोमा परी पुरीएको अवस्थामा दुईजनाको शव घरभित्रबाट निकालिएको प्रहरीले जनाएको छ । घरमै पुरिएकी आठ वर्षीया हिरालाई भने घाइते अवस्था उद्धारगरिएको छ। तुलबहादुर भने घर बाहिर रहेका कारण पहिरोबाट जोगिएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस