विराटनगर - सुनसरीको झुम्का कारागारबाट एक जना कैदी फरार भएका छन् ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री हिजोराति कारागारबाट फरार भएका हुन् ।

खत्री कारागारको पर्खाल नाघेर भागेको जेलर सुवासकुमार लामिछानेले बताएका छन्।

उनी २०८१ साउन २१ गतेदेखि कारागारमा थिए । सामूहिक जबरजस्ती करणीको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।