सिन्धुली - सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा आज यात्रुवाहक कार सुनकोशी नदीमा खसेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार रामेछाप, सिन्धुली र ओखलढुंगाको सीमाक्षेत्र नजिक लिखु खोलाको आसपास सडक निर्माणस्थलमा कन्ट्र्याक्टरसहित सवार कारलाई बसले ठक्कर दिएपछि कार नदीमा खसेको हो।