काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार देशभर थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।