माओवादी पदाधिकारी बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-०८-०४ ०७:१९ मा प्रकाशित
Total Shares: 113
काठमाडौं - नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ ।
बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियो ।
स्थानीय तहको उपनिर्वाचनका विषयमा बैठकमा छलफल गरिनेछ ।
केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस