काठमाडौं - नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियो ।

स्थानीय तहको उपनिर्वाचनका विषयमा बैठकमा छलफल गरिनेछ ।

केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।