काठमाडौं - नेपालको ‘ए’ टिमले आयरल्यान्ड विरूद्धको टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दैछ।

त्रिवि मैदान कीर्तिपुरमा खेल दिउँसो १ बजे सुरू हुनेछ । दुई टोलीबीच हिजोदेखि शुरु भएको तीन खेलको टी–२० शृङ्खला अन्तर्गत आज दोस्रो खेल हुनेछ ।

हिजो भएको पहिलो खेलमा नेपालको ए टोली २१ रनले पराजित भएको थियो । यो श्रृङ्खला जोगाउन नेपालको टोलीलाई आज जित्नैपर्ने दबाब छ ।

श्रृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि शुरु हुने तीन खेलको एकदिवसीय शृङ्खलामा खेल्नेछन् ।