अफगानिस्तानमा नायिका तथा निर्देशक सबामाथि गोली प्रहार
खबर एक्सप्रेस
२०७७-०५-१० ०७:२५ मा प्रकाशित
Total Shares: 250
काठमाडौं - अफगानिस्तानमा चलचित्र नायिका तथा निर्देशकमाथि गोली प्रहार भएको छ ।
अफगानिस्तानको काबुलमा ४४ वर्षीया पहिलो महिला निर्देशक सबा शहरमाथि गोली प्रहार भएको हो । गोली लागेर घाइते अवस्थामा रहेकी सबालाई अस्पताल भर्ना गरिएको छ ।
कामको सिलसिलामा कारमा सवार उनीमाथि तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।
उनी सवार कारमा दुइजना सुरक्षागार्ड, एक बालक र कार चालक रहेको अवस्थामा गोली प्रहार गरिएको हो । बन्दुकधारीमाथि सुरक्षागार्डले जवाफी कारबाही गरेपनि उनीहरु भाग्न सफल भएका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस