काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पहिलो चरणको चुनावमा कसैले पनि नजित्ने दावी गरेका छन् । 

आइतबार भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै निधिले सभापतिमा धेरै जनाको उम्मेदवारी परेको कारण पहिलो चरणमा कसैले नजित्ने बताएका हुन् । ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन ।’ निधिले भने । 

दोस्रो चरणको चुनावमा देउवाविरुद्ध मोर्चाबन्दी गर्ने उनले बताए । ‘दोस्रो चरणमा म, प्रकाशमान र शेखरमध्ये जसले बढी मत ल्याउँछ, सबैले उसैलाई सघाउँछौं ।’ निधिले भने ।