गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध
खबर एक्सप्रेस
२०७७-०३-२७ ०८:५७ मा प्रकाशित
Total Shares: 375
नवलपरासी - पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज विहान देखि राजमार्ग अबरुद्ध भएको हो । लगातारको वर्षापछि आएको बाढीले विहान चार बजेतिर डाइभर्सन बगाएको हो ।
बाटो बन्द भएपछि गन्तव्यमा हिँडेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । सडक विस्तारको क्रममा निर्माण गरिएको डाइभर्सन निर्माण गरिएको थियो । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलब ४ किलोमिटर सडकखण्ड विस्तारको काम चिनियाँ कम्पनीले गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस