त्रिदेशीय महिला क्रिकेट : नेपालले आज थाइल्याण्डसँग खेल्दै
खबर एक्सप्रेस
२०८१-१०-१९ ०८:१६ मा प्रकाशित
Total Shares: 1015
काठमाडौं - त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ ।
खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।
शृङ्खलामा अस्ति भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।
हिजो भएको खेलमा थाइल्याण्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हरायो । त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् ।
फेसबुक पेज Like गर्नुहोस