तेलको मूल्य १८ वर्ष यताकै सस्तो
काठमाडौं - अन्तराष्ट्रिय बजारमा तेलको मूल्य १८ वर्ष यताकै सस्तो विन्दुमा पुगेको छ। कोरोना भाइरस (कोभिड १९) का कारण तेलको माग घटेपछि मूल्य सन् २००२ यताकै सस्तो भएको हो।
सोमबार ब्रेन्ट क्रुडको मूल्य घटेर २२.५८ डलरमा झरेको छ। यो सन् २००२ नोभेम्बर यताकै सस्तो हो। त्यस्तै, युएस वेष्ट टेक्सस इन्टरमिडियट (डब्लुटीआई) को मूल्य पनि १८ वर्ष यताकै न्यून अर्थात २० डलरमा झरेको छ।
केही कम्पनीहरुले उत्पादन कटौती अथवा बन्द गरेपछि पछिल्लो एक महिनामा तेलको मूल्य आधाभन्दा धेरै घटिसकेको थियो। माग घट्नुका साथै साउदी अरेबिया र रसियाको मूल्य युद्धका कारण पनि तेलको मूल्यमा कमी आएको जानकारहरु बताउँछन्।
कोरोना महामारी संक्रमण रोक्न अधिकांश मुलुकहरुमा जारी लकडाउनका कारण अहिले तेलको माग घटेको हो।
फेसबुक पेज Like गर्नुहोस