काठमाडौं - संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या साढे ७५ हजार भन्दा बढी पुगेको छ। जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा मात्र ७५ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ। यो तथ्यांक नेपाली समय अनुसार शुक्रबार साँझ ८ बजेर ४० मिनेट जाँदा सम्मको हो। 

अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ५६ हजार ९ सय ७२ पुगेको छ। यीमध्ये १ लाख ९५ हजार ३६ जना निको भएका छन्। कोरोना संक्रमित बढी हुने देशमा स्पेन दोस्रो स्थानमा छ। स्पेनमा २ लाख २१ हजार भन्दा बढी मानिसमा यसको संक्रमण भएको छ। 

कोरोनाका कारण बढी मानिस मृत्यु हुने देशको दोस्रो स्थानमा भने बेलायत छ। बेलायतमा ३० हजार ६ सय ८९ जनाको मृत्यु भएको छ। यहाँ निको हुने दर भने निकै कम छ। बेलायतमा ९ सय ३० जना मात्र निको भएका छन्।