डडेल्धुरामा खानेपानीको विषयमा झडप, एक बालकको मृत्यु
खबर एक्सप्रेस
२०७७-०३-२७ ०१:३३ मा प्रकाशित
Total Shares: 494
डडेल्धुरा - खानेपानीको विषयमा झडप हुँदा डडेल्धुरामा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको आलिताल गाउँपालिका वडा नम्वर ६ मा खानेपानीको विषयमा झडप हुँदा ८ वर्षीय हिमान्सु महाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।
गएराति वडाको झरकाँडा भन्ने ठाउँमा भएको झडपमा घाइते भएका महाराको उपचारको क्रममा शनिबार विहान ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस