आज थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो
खबर एक्सप्रेस
२०७७-०३-२३ ०४:१५ मा प्रकाशित
Total Shares: 417
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप २०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,१६८ पुगेको छ।
तीमध्ये ७,४९९ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६८८ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।अहिले देशभरि आइसोलेशनमा ८,६३४ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस