९६ जनामा कोरोना पुष्टि, थप ३ को मृत्यु
खबर एक्सप्रेस
२०७७-११-०६ ०४:११ मा प्रकाशित
Total Shares: 337
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ५०५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५८ पुगेको छ । आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस