गोरखामा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०५-२१ ११:४४ मा प्रकाशित
Total Shares: 303
गोरखा - गोरखा अस्पतालमा शनिबार उपचारक्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका–७ की ७५ वर्षीया महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
शनिबार अचेत अवस्थामा अस्पताल ल्याइएकी उनमा मष्तिष्कसँग सम्बन्धित समस्या थियो र यसको उपचार गर्दै आइएको थियो ।
ती महिलाको परिवारका अन्य ३ सदस्यलाई शुक्रबार कोरोना पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
आइतबार रिपोर्ट आउँदा उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापनको तयारी गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस