भारत कोरोना संक्रमित सबैभन्दा प्रभावित देशको चौथो स्थानमा
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 261
एजेन्सी - छिमेकी देश भारत सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको चौथो स्थानमा पुगेको छ । आइतबार मध्याह्नसम्म भारतमा संक्रमितको संख्या ३ लाख २१ हजारभन्दा बढी पुगेको छ ।
भारतमा दैनिक संक्रमितको संख्या १२ हजार पुगेको छ । संक्रमितको संख्या बढ्दा पनि लकडाउन खुकुलो बनाइएको छ ।
भारतमा हालसम्म ९ हजार १ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
भारतभन्दा अगाडी पहिलो स्थानमा अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा रुस रहेका छन् । सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा २१ लाख ४२ हजार पुगेका छन् । अमेरिकामा मृत्युका हिसाबले पनि सबैभन्दा बढी रहेका छन् । त्यहाँ १ लाख १७ हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस