बागी ३ मा दिशा पटानी
खबर एक्सप्रेस
२०७६-०९-०८ ११:०० मा प्रकाशित
Total Shares: 950
एजेन्सी - बागी शृंखलाको तेस्रो फिल्मको सुटिङ चलिरहेको छ। यसको मुख्य कलाकार हुन श्रद्धा कपुर र टाइगर श्रफ। यी दुवै पहिलो फिल्मका मुख्य कलाकार थिए।
दोस्रो फिल्ममा श्रद्धाको स्थान लिएकी थिइन दिशा पटानीले। अहिले बागी ३ मा पनि दिशा रहेको खुलासा भएको छ।
हालै फिल्मका निर्माता साजिद नाडियडवालाले ट्विटरमार्फत दिशा पनि यो फिल्ममा रहेको सार्वजनिक गरेका हुन्। यसबाहेक दिशा मलंग नामक फिल्ममा पनि काम गरिरहेकी छन्। यो फिल्म फेब्रअरीमा रिलिज हुनेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस