२६ वर्षपछि वेस्ट इन्डिजले अष्ट्रेलियालाई जित्यो
काठमाडौं,एजेन्सी - वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।
सेन्ट लुसियामा मंगलबार भएको तेस्रो टी-ट्वान्टीमा अष्ट्रेलियामाथि ६ विकेटको जित निकाल्दै घरेलु टोली वेस्ट इन्डिजले दुई खेल अगाबै सिरिज ३-० ले जितेको हो ।
अष्ट्रेलियाले दिएको १ सय ४२ रनको लक्ष्य वेस्ट इन्डिजले १४ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजको जितमा क्रिस गेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यससँगै गेलले टी-ट्वान्टी क्रिकेटमा १४ हजार रन पूरा गरेका छन् ।
यस्तै, कप्तान निकोलस पुरनले अविजित ३२ रन जोड्दा लेन्डल सिमोन्सले १५ रन बनाए । अष्ट्रेलियाका रिले मेरेडिथले ३ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
अष्ट्रेलियाका मोइसेस हेन्रिक्सले ३३ रन जोड्दा कप्रण आरोन फिन्चले ३० रन बनाए । एस्टन टर्नरले २४ र म्याथ्यु वेडले २३ रन बनाए । वेस्ट इन्डिजका ह्येडेन वाल्सले २ विकेट लिए ।
यससँगै वेस्ट इन्डिजले २६ वर्षपछि वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्धको सिरिज जित्न सफल भएको छ । सन् १९९५ को मार्चपछि अष्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजले कुनैपनि फर्म्याटको सिरिज जित्न सकेको थिएन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस