बलिउड नायिका निम्मीको ८८ वर्षको उमेरमा निधन
खबर एक्सप्रेस
२०७६-१२-१४ ०८:११ मा प्रकाशित
Total Shares: 330
काठमाडौं - बलिउड नायिका निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ ।
बुधबार बेलुकी उनको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । निम्मी ५० देखि ६० को दशकमा बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक थिइन् ।
उनले नै उनको नाम नवाब बानोबाट परिवर्तन गरेर निम्मी राखेका थिए । अमर, उडन खटोला, आन’ उनका केही अविस्मरणीय फिल्म हुन् । उनले कुन्दन, मेरे महबुब र पूजाके फूलजस्ता फिल्ममा पनि काम गरेकी थिइन् । सन् २००७ मा उनका लेखक श्रीमान् रजाको निधन भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस